१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format ११:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठूलीभेरीका १७० घरधुरीलाई नि:शुल्क सोलार वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o२:oo

डोल्पाको ठूलीभेरी नगरपालिका– ९ का एक सय ७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ। ‘कर्णाली उज्यालो कार्यक्रम’अन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो।

शनिबार एक औपचारिक कार्यक्रमबीच मोतीपुर, डाँगीबाडालगायत बस्तीका नागरिकलाई भेला गरेर सोलार वितरण गरिएको हो। नगरपालिकाको २० लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ५० लाख गरी ७० लाख अनुदानमा सम्पूर्ण वडावासीलाई सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए।

भण्डारीका अुनसार प्रत्येक घरधुरीलाई दुई सय वाटको प्यानल र एक सय ५० एम्पियरको ब्याट्री निःशुल्क वितरण गरिएको हो। ‘घन्टाैँको लोडसेडिङले जनताले हैरानी खेप्दै आएका छन्। उक्त समस्यालाई मध्यनजर राख्दै सोलार वितरण गरिएको हो,’ उनले भने।

भरपर्दो बत्तीको सुविधा नहुँदा प्रायः अन्धकारमा बस्दै आएका स्थानीयले सोलार पाएपछि खुसी व्यक्त गरेका छन्।