१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १५:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्यांक समेट्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १५:४६:oo

राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्यांक समेट्न हेमोफिलिया सोसाइटी नेपालले माग गरेको छ। शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै सोसाइटीले गणकहरू घरमा आउँदा घरपरिवारमा भएका हेमोफिलिकको बारेमा प्रस्ट विवरण दिन अनुरोध गरेको छ।

नेपालको राष्ट्रिय जनगणनामा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरूको गणना हुँदै छ। सोसाइटीले हेमोफिलिया भएका व्यक्तिहरू अपांगताको ऐनभित्र परेको र अपांगता भएकाहरूको सूचीको १०औँ नम्बरमा रहेका उल्लेख गरेको छ।

त्यस्तै, यसबारेमा गणकहरू पनि सचेत र सजग हुनुपर्ने आवश्यकता रहेको सोसाइटीले जनाएको छ। सोसाइटीका महासचिव दीपक न्यौपानेले वास्तविक तथ्यांक समेट्न तथा गणक र सुपरीवेक्षकहरूलाई आवश्यक तालिम उपलब्ध गराउन माग गरे ।

अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टर कम भई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुन गई रक्तस्राव हुने शारीरिक अवस्थाको व्यक्ति भनी सरकारले हेमोफिलियालाई परिभाषित गरेको छ। हेमोफिलिया भएको व्यक्तिमा कुनै पनि कारणले आन्तरिक वा बाह्य रक्तस्राव भयो भने रगत नथामिने, रक्तस्राव रोक्न प्लाज्मा वा एन्टिहेमोफिलिक फ्याक्टर नै उपलब्ध गराउनुपर्ने चिकित्सकहरूले बताउने गरेका छन्।

विश्व हेमोफिलिया महासंघको तथ्यांकअनुसारप्रति पाँच हजार पुरुष जन्मेमा एकजना हेमोफिलिया समस्या लिएर जन्मन्छन्। नेपालमा करिब तीन हजार हेमोफिलियायुक्त व्यक्ति रहेको अनुमान गरिएकोमा सोसाइटीले हालसम्म ७५० हेमोफिलियायुक्त व्यक्तिको पहिचान गरेको छ।

ad
ad