१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format ११:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यापारी हत्या प्रकरण : प्रहरीद्वारा चारजना सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३५:oo

बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौंका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वजनिक गरेको हो। यसअघि बिहीबार प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको थियो। हत्यामा तीनजनाको संलग्नता नदेखिएपछि उनीहरूलाई छाडिएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।   

सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल सञ्चालन गर्दै आएका कमलसिंह महरा बिहीबार बिहान सन्सेरीमाडौंमा मृत फेला परेका थिए । उनको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो । 

अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली बिहीबार घटनास्थलमा खटिएको थियो । शाही नेतृत्वको टोलीले घटना भएको सो घट्नामा संलग्न रहेकाहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारैजनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भई जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान जारीे रहेको प्रहरीले जनाएको छ। मृतक महराको शव जिल्ला अस्पतालमा परीक्षणपश्चात् आफन्तलाई बुझाइएको छ। रासस