१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वन्यजन्तु ओसार–पसारका फरार कसुरदार पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:५९:oo

बाँके प्रहरीले वन्यजन्तु ओसार–पोसार मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको छ । वन्यजन्तु ओसार–पोसार मुद्दामा बाँके जिल्ला अदालतले १२ असार, ०७३ मा ११ महिना १० दिन कैद सजाय तोके पनि फरार रहेका राप्तीसोनारी गाउँपालिका –९ का ४४ वर्षीय मनिराम थारू र सोही ठाउँका ४३ वर्षीय धनीराम थारूलाई पक्राउ गरेको हो । 

उनीहरू फैसला आएदेखि फरार थिए । विशेष सूचनाका आधारमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बिहीबार पक्राउ गरी अदालतमा बुझाएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।
 

ad
ad