१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शेखर कोइराला भन्छन्– गुन्डागर्दीबाट पार्टी कब्जा गर्ने प्रयास भयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:५२:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुन्डागर्दीबाट पार्टी कब्जाको प्रयास भएको बताएका छन्। पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यताको विषयलाई लिएर जारी धर्नामा समर्थन जनाउँदै कोइरालाले यस्तो बताएका हुन्।

धर्नामा ऐक्यबद्धता जनाउँदै उनले संस्थापन पक्षले पार्टी कब्जा गर्ने उद्देश्यले गुन्डागर्दी गरिरहेको आरोप लगाए। क्रियाशील सदस्यता विवाद र कार्यकर्तामाथि कुटपिट भएको भन्दै सानेपामा नेता अमरेशकुमार सिंहको नेतृत्वमा धर्ना जारी छ।

‘पार्टी कब्जा गर्ने हिसाबले जिल्ला–जिल्लामा नेताहरूले गुन्डागर्दी देखाइरहनुभएको छ। यो स्वीकार्य हुँदैन । यस्ता तत्व जिल्लाजिल्लामा परास्त हुन्छन् भन्नेमा म विश्वस्त छु। शान्तिपूर्ण र संयमित आन्दोलनमा हाम्रो पूर्ण समर्थन छ,’ उनले भने।
 
त्यस्तै, उनले पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रहरी प्रशासन लगाएर गरिएको अधिवेशन उचित नभएको बताए। ‘डडेल्धुरामा प्रहरी लगाएर अधिवेशन गरिएको छ। कांग्रेसको इतिहासमा अहिलेसम्म यस्तो भएको थिएन,’ कोइरालाले भने।

धर्नामा समर्थन जनाउन नेता प्रकाशमान सिंहलगायतका नेताहरूसमेत पुगेका थिए। धर्नामा सहभागी नेता सिंहले कार्यकर्तामाथि कुटपिट गर्नेलाई कारबाही गर्न पार्टी सभापतिसँग माग गरेका थिए। 

प्रदेश २ का महिला बालबालिकामन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाहीको बरहथवा नगरपालिका– ४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई पार्टी कार्यालय सानेपामा कुटपिट गरेको भन्दै नेता–कार्यकर्ताहरू कारबाहीको माग राख्दै धर्ना बसिरहेका छन्।

ad
ad