१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
ताकातोसी इतो
२o८१ जेठ ५ शनिबार १o:३९:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

जापानी प्रधानमन्त्री सुगालाई कसले विस्थापित गर्ला ?

Read Time : > 3 मिनेट
ताकातोसी इतो
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:३९:oo

दक्षिणपन्थी ताकाइची जापानी राष्ट्रवादीमाझ लोकप्रिय हुदै गएकी छिन् । उनी निर्वाचित भइन् भने चीनसँग तनाव बढ्न सक्छ । 

सेप्टेम्बर ३ मा जापानका प्रधानमन्त्री योसिहिदे सुगाले लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)को अध्यक्ष पदमा पुनः नलड्ने घोषणा गरे । सेम्टेम्बर २९ मा एलडिपीले नयाँ नेतृत्वको चुनाव गर्दै छ । जापानी संसद्मा एलडिपीको बहुमत भएकाले (गठबन्धन सहयात्री कोमेए पार्टीसमेत जोडेर) पार्टीको भावी नेता स्वतः देशको प्रधानमन्त्री चुनिनेछ । तर, वर्तमान संसद्को चारवर्षे पदावधि लगभग सकिएकाले एलडिपीको नेतृत्व चुनावपछि लगत्तै अक्टोबर वा नोभेम्बरमा आमचुनाव हुँदै छ । त्यस चुनावमा पनि एलडिपीको जित्ने सम्भावना अत्यधिक रहेकाले यो महिना चुनिने नेतृत्व नै आगामी कार्यकाल प्रधानमन्त्री हुनेछ । योसिहिदे सुगाले एक वर्ष मात्र प्रधानमन्त्री पद सम्हाले ।

उनको बहिर्गमनको घोषणापछि स्टक बजारमा उल्लेख्य वृद्धि देखियो र यो वृद्धि अझै जारी छ । पहिले पनि स्टक बजारले सुगा कमजोर प्रधानमन्त्री हुने आकलन गरेको थियो । उनी नेतृत्वमा रहे एलडिपीले आगामी आमनिर्वाचन हार्ने र अर्को जुलाईमा पार्टीले माथिल्लो सदन पनि गुमाउने बजारमा अड्कलबाजी भइरहेको थियो । यो परिदृश्यको अब अन्त्य भएको छ ।

सुगाले पुनः पार्टी प्रमुख हुने तयारी नगरेका भने होइनन्, तर उनको प्रयासले पर्याप्त समर्थन पाउन सकेन । उनीप्रतिको समर्थन दर ३० प्रतिशतभन्दा तल जान थालेको छ । एलडिपीका युवा सांसदहरू यसले चिन्तित हुन थालिसकेका थिए । आफ्नो बलले मात्र चुनावमा जित्ने आत्मविश्वास नभएका सांसद पार्टी नेताको लोकप्रियताले सहयोग पुग्ने आसमा हुन्छन् । उनीहरू थप चर्चित नेता खोजिरहेका थिए । 

एलडिपीको भावी नेतृत्वका लागि चार उम्मेदवारहरू फुमियो किसिदा, साने ताकाइची, तारो कोनो र सेइको नोदा मैदानमा उत्रिसकेका छन् । सन् २०१२ देखि सन् २०१७ बीचमा जापानको विदेशमन्त्री रहेका किसिदा उदारवादी एजेन्डाका लागि चिनिन्छन् । उम्मेदवारीको प्रचारप्रचारका क्रममा नवउदारवादी आर्थिक नीतिबाट टाढिने बताएका छन् । उनले प्रधानमन्त्री भएपछि ‘सयौँ खर्ब जापानी एन’ वित्तीय सहयोगमा लगाउने बताइरहेका छन् । न्यून आय भएका परिवारलाई ध्यानमा राखेर गरिने पुनर्वितरणले दिगो विकास अघि बढाउने उनको तर्क छ । साथमा चिकित्सकीय क्षेत्र, बालस्याहार तथा दिगो स्याहार पेसामा संलग्नको आय दोब्बर बनाउने प्रयास गर्ने पनि उनको चुनावी एजेन्डामा रहेको छ । 

यो महिना लिबरल डेमोक्रेटिक पार्टीले आफ्नो अध्यक्ष चुन्दै छ । पार्टी प्रमुख जो विजयी हुन्छन्, उनले योसिहिदे सुगालाई प्रधानमन्त्रीबाट विस्थापित गर्नेछन् । र, पार्टी नेतृत्वको प्रतिस्पर्धालाई पार्टीभित्रको गुटले प्रभावित गर्ने भएकाले अन्तिम समयसम्म अनिश्चित हुन्छ । तर, यसपालिको प्रतिस्पर्धा फरक हुने अड्कलबाजी छ ।
 

ताकाइची पूर्वप्रधानमन्त्री सिन्जो आबेको सरकारमा गृह तथा सञ्चारमन्त्री थिइन् र उनी हालका उम्मेदवारमध्ये सबैभन्दा रूढिवादी छिन् । उनी संविधानको पुनव्र्याख्या गरेर स्व–प्रतिरक्षा फौजको बजेट बढाउने पक्षमा छिन् । यसले मात्र शत्रुलाई आवश्यक पर्दा पहिले आक्रमण गरेर निस्तेज बनाउन सकिने र अहिलेजस्तो आक्रमण भइसकेपछि जवाफ नपर्ने उनको विचार छ । ताकाइचीको कन्जरभेटिभ विचार सामाजिक नीतिसम्म विस्तारित देखिन्छ । उदाहरणका लागि उनी समलिंगी विवाहदेखि श्रीमान् र श्रीमतीको अलग थर लेख्ने अभ्यासका विरोधी हुन् ।

आर्थिक नीतिको सन्दर्भमा उनी विस्तारित मौद्रिक तथा वित्तीय नीतिको पक्षमा छिन् । उनी आधुनिक मौद्रिक सिद्धान्तअनुरूप मुद्रास्फीति लक्ष्य २ प्रतिशत नपुगेसम्म असाधारण वृद्धिको पक्षमा छन् । अर्का उम्मेदवार कोनो भने अहिले देशको कोभिड–१९ खोप अभियानको नेतृत्व गरिरहेका छन् । कोनो सन् २०१७ देखि सन् २०१९ बीचमा विदेशमन्त्री र सन् २०१९ देखि २०२० बीच रक्षामन्त्री थिए । सुधारवादी छविका कोनो आवश्यक पर्दा कर्मचारीतन्त्रको प्रतिरोधसँग पनि नडराउने नेताका रूपमा चिनिन्छन् । एलडिपीको अध्यक्ष पदको प्रतिस्पर्धाका क्रम उनले आफ्नो प्रयासमा पहिले ढिलो गतिमा अघि बढेको खोप अभियानले गति लिएको दाबी गरिरहेका छन् ।

विगतमा देशका सबै आणविक संयन्त्र बन्द गर्नुपर्ने पक्षका कोनो यस मुद्दामा केही नरम भएका छन् । अहिले उनी विद्यमान आणविक संयन्त्रलाई कठोर सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने पक्षमा छन् । आर्थिक नीतिको कुरा गर्दा कोनोले श्रमिकहरूको आय निश्चित तहभन्दा माथि राख्ने कर्पोरेटहरूलाई कर छुट दिने प्रस्ताव अघि सारेका छन् । मौद्रिक तथा वित्तीय नीतिमा भने उनको कुनै नयाँ प्रस्ताव छैन ।

केहीले उनलाई परिवर्तनकामी माने पनि अहिले उनले तुलनात्मक मझधारको नीति ल्याएका छन् । यो नीतिगत परिवर्तनले उनका परम्परागत समर्थक भने निराश भएका छन् । अर्का उम्मेदवार नोडाको पछिल्लो उम्मेदवारीले कोनोको मत काट्ने सम्भावना बढेको छ । पूर्वगृह तथा सञ्चारमन्त्री नोडाले पनि न्यून आय भएका र समस्या परेकाहरूलाई सहयोग गर्नुपर्ने उदारवादी नीति ल्याएकी छन् । 

एलडिपीका कुनै उम्मेदवार पनि पश्चिमी मित्रसँगको नजिकको सम्बन्धलाई बदल्ने पक्षमा छैनन् । ‘दक्षिणपन्थी’ ताकाइची जापानी राष्ट्रवादीमाझ लोकप्रिय हुदै गएकी छिन् । यदि उनी निर्वाचित भइन् भने चीनसँग तनाव बढ्न सक्छ । उनी यासुकुनी मन्दिर गइसकेकी छन् । त्यस मन्दिरमा रहेको एक पुस्तकमा झन्डै हजार त्यस्ता जापानी सैनिकको नाम उल्लेख छ, जसले दोस्रो विश्वयुद्धमा युद्ध अपराध गरेका थिए । जापानी नेताहरू यासुकुनी मन्दिर पुग्दा चीन र दक्षिण कोरियामा विरोध हुने गर्छ ।

सबैभन्दा पछिल्लो सर्वेक्षणमा कोनो २७ प्रतिशतले अग्रस्थानमा छन् । उनीपछाडि सिगेरु इसिबा (१७ प्रतिशत) थिए । तर, उनले उम्मेदवारी फिर्ता लिएर कोनोलाई समर्थन दिएका छन् । त्यसपछाडि क्रमशः किसिदा (१४ प्रतिशत), ताकाइची (७ प्रतिशत) र नोडो (२ प्रतिशत) छन् । एलडिपी नेतृत्वको चुनावमा पार्टीका कार्यकर्ता र एलडिपीका सांसदहरू सहभागी हुन्छन् । एलडिपी सांसद सदस्यहरू गुटगत रूपमा प्रभावित हुने भएकाले परिणाम मतसर्वेक्षणभन्दा फरक आउने गर्छ । तर, यसपटक परिस्थिति फरक छ । पार्टी नेता चुनेको एक महिनामै आमचुनाव हुने भएकाले सांसदहरूले आममतदातामाझ लोकप्रिय नेतालाई नै रोज्नेछन् । त्यस हिसाबमा कोनोको सम्भावना बढी छ । 

ad
ad