मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाबाट विनियोजन विधेयक स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३४:oo

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक २०७८’ स्वीकृत भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधबीच राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे। 

उनले सो विधेयकको विभिन्न शीर्षकहरूमाथि समूहकृत रूपमा छलफलमा भाग लिनका लागि आगामी असोज ७ गते बिहीबारका लागि समय तोकिएको पनि जानकारी दिए। बैठकको एक दिनअघि सो विधेयकमाथिको विभिन्न शीर्षकमा छलफलमा भाग लिन चाहने सांसदहरूलाई दलीय आधारमा आफ्नो नाम उपलब्ध गराउन पनि अध्यक्ष तिमिल्सिनाले आग्रह गरे। राष्ट्रिय सभाको अर्को बैठक असोज ७ गते बिहीबार अपराह्न २ बजेका लागि बोलाइएको छ।