१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली भन्छन्– नयाँ युगतर्फको यात्रा गन्तव्यहीन हुन पुगेको छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२६:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुरुवात हुँदै गरेको समृद्धिको यात्रामा विराम लागेको बताएका छन्। स्थायी कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले बहुमतको सरकारले खडा गरेको राजनीतिक स्थिरताको आधार, सुरुवात हुँदै गरेको समृद्धिको यात्रामा आज विराम लागेको उल्लेख गरेका छन्। उनले नयाँ युगतर्फको यात्रा गन्तव्यहीन हुन पुगेको भनाइ छ।

पछिल्ला राजनीतिक घटनाहरूको अन्तर्निहित उद्देश्य विगत केही वर्षको अथक प्रयासबाट तयार गरिएको र अगाडि बढाइएको राष्ट्रिय हितको रक्षा र स्वाभिमान वृद्धिका उपलब्धिलाई उल्याउने कुरामा केन्द्रित रहेको ओलीको बुझाइ छ। उनले पछिल्ला घटनाक्रमलाई लोकतन्त्रको सुदृढीकरण र यसलाई जनताको जीवनसँग जोड्ने अभियानलाई असफल बनाउने उद्देश्यमा लक्षित भएको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्। 

‘सारमा, जनतामा जागेको आत्मविश्वास, भरोसा र आशावादमाथि तुषारापात गर्दै त्यसै अन्याेलभित्र निहित स्वार्थ पूरा गर्ने कुरामा केन्द्रित छ,’ उनको डकुमेन्टमा भनिएको छ। ओलीले अब पार्टीलाई राज्य सञ्चालनको केन्द्रभागमा पुनर्स्थापित गर्ने बताएका छन्। उनले आगामी निर्वाचनमा एमालेलाई बहुमतप्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्ने भन्दै त्यसका चार आधार प्रस्तुत गरेका छन्।