१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format ११:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली हात्तीको आक्रमणमा परी एक वृद्धाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format ११:५९:oo

जंगली हात्तीको आक्रमणमा परी सुनसरीको बराह क्षेत्रमा  एक वृद्धाको ज्यान गएको छ। बराह क्षेत्र नगरपालिका– ११ खत्वे टोल बस्ने ६५ वर्षीया ममनीदेवी खत्वेको सोमबार दिउँसो जंगली हात्तीको आक्रमणका कारण मृत्यु भएको हो।

पोखरीमा घाँस काट्न गएकी ममनीदेवीलाई अचानक कोसीटप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट आएको जंगली हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट घाइते भएकी ममनीदेवीको उद्धार गरेर उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।