मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ३ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ असोज ३ आइतबार o७:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान दिवसमा राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असोज ३ आइतबार o७:o४:oo

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नाै सय तीनजनालाई विभिन्न विभूषण, अलंकार  र पदक प्रदान गरेकी छिन् । नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले  ती विभूषण प्रदान गरेकी हुन् । 
 

नेपाल रत्न एकजनालाई, राष्ट्र गौरव दुईजनालाई, महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी पाँचजनालाई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी पाँचजनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एकजनालाई, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप  तृतीय श्रेणी ३९ जनालाई, सुप्रबल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठजनालाई, प्रबल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

यसैगरी राष्ट्र यशोववर्द्धक अलंकार चारजनालाई, नेपाल सेवा प्रवीण दुईजनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सातजनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपाल प्रताप भूषण १६ जनालाई प्रदान गरेकी छिन् । 

राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सातजनालाई, वीरता पदक सातजनालाई, विकास रत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौजनालाई प्रदान गरेकी छिन् ।