१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभापतिको उम्मेदवारीबाट पछाडि हट्दिनँ : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४७:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवारीबाट  पछाडि नहट्ने बताएका छन्। गणेशमान सिंहको २५औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेस संस्थापनइतर समूहबाट साझा उम्मेदवारको सम्भावना अझै टरिनसकेको बताए। ‘साझा उम्मेदवारको सम्भावना अझै सकिएको छैन। त्यसका लागि निरन्तर छलफल भइरहेको छ,’ उनले भने, ‘१४औँ महाधिवेशनमा मेरो उम्मेदवारी सभापतिमा हुनेछ। सभापतिका उम्मेदवारीबाट म पछि हट्नेछैन ।’

नेता सिंहले गठबन्धनमा भएका दलहरूबीच कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै छिट्टै सरकारले पूर्णता पाउने बताए । कम्युनिस्टहरू असफल हुँदा कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको उनको भनाइ थियो। कांग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नेमा उनले विश्वास व्यक्त गरे।

अर्को प्रसंगमा सिंहले महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए। उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका जिल्लामा विधि र विधानअनुसार समाधान गर्नुपर्ने बताए।

‘पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको छ। महाधिवेशन निष्पक्ष तवरले गर्नुपर्दछ। विवाद भएका जिल्लामा विधानअनुसार समाधान गर्न सभापतिलगायत सबै नेताहरू लाग्नुपर्छ,’ सिंहले भने।