१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १८:४४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डडेल्धुरामा पुनः वडा अधिवेशन गराउनेबारे कांग्रेस निर्वाचन समितिमै खटपट 

फेरी कार्यतालिका प्रभावित हुने संकेत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४४:oo

भदौ २५ मा भएको डडेल्धुराको जिल्ला अधिवेशनलाई लिएर कांग्रेसको निर्वाचन समिति विभाजित बनेको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा धाँधलीपूर्ण तरिकाले निर्वाचन गरिएको भन्दै समितिका सदस्यहरू नै विभाजित बन्न पुगेका हुन् । निर्वाचन समितिका एक सदस्यका अनुसार डडेल्धुरामा फेरि निर्वाचन गराउने या नगर्ने विषयमा ५ सदस्यीय केन्द्रीय निर्वाचन समितिमा विवाद देखिएको छ । ‘समितिका आधा सदस्यहरू निर्वाचन गराउनुपर्ने पक्षमा र आधा पुनः निर्वाचनको विपक्षमा बाँडिएको अवस्था छ,’ती सदस्यले नयाँ पत्रिकासँग भने,‘संयोजकज्यूको धारणा मात्र आइसकेको छैन।‘

बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको संस्थापनइतर पक्षले निर्वाचन समितिलाई भेटेर पुनः निर्वाचन गराउन आग्रह गरेको थियो । छलफलका क्रममा समितिका सदस्यहरूले निर्वाचनबारे के हुने भन्ने स्पष्ट पारेका छैनन् । वडा अधिवेशनको विषयलाई लिएर समितिमा उजुरीसमेत परेको छ । समिति सदस्यहरूले पौडेल पक्षलाई उजुरी हेरेर निर्वाचनबारे जानकारी दिने जवाफ दिएर पठाएका थिए । 

ती सदस्यका अनुसार डडेल्धुराको अधिवेशनबारेको उजुरी छानबिन गर्ने विषयमा नै समिति सदस्यहरू  दुई धारमा बाँडिएको छ । डडेल्धुरामा क्रियाशील सदस्यता नै सार्वजनिक नभई निर्वाचन गरिएकामा भन्दै इतरपक्ष असन्तुष्ट बनेको छ ।  ‘निर्वाचन भइसकेकाले उजुरी छानबिन आवश्यक छैन भन्ने र छानबिन गरेर फेरि निर्वाचन गर्नुपर्छ भन्ने नै स्पष्ट भइसकेको छैन । निर्वाचनको विषयमा छानबिन गर्ने प्रकृतिका उजुरी आएका छन् ।’ वरिष्ठ नेता रामचन्द्र पौडेल भने डडेल्धुरामा धाँधली नै भएको आरोप लगाँउछन् । ‘हामीले ध्यानाकर्षण गराउँदा गराउँदै प्रशासनको दुरुपयोग गरेर निर्वाचन गरियो । हामीले अस्वीकार गर्ने घोषणा गरिसकेका छौँ  । निर्वाचन फेरि हुनुपर्छ,’ पौडेलले भने । 

५७ जिल्लामा सकियो, १३ जिल्लाको अनिश्चित
अघिल्लाे महाधिवेशन कार्यतालिकाअनुसार हालसम्म विवरण सार्वजनिक भएका ५६ जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ । सबै निर्वाचनको परिणाम भने केन्द्रमा आइसकेको छैन । निर्वाचन समितिका अनुसार दुर्गम जिल्लाको परिणाम आइसकेको छैन । डडेल्धुरामा भएको निर्वाचनको विषयमा अन्योलको अवस्था छ । 

त्यसबाहेक क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन बाँकी ७ जिल्लाको विवरण सार्वजनिक भएको छ । १३ जिल्लाको विषयमा विवाद कायमै छ । नयाँ कार्यतालिकाअनुसार असोज ५ मा यी जिल्लामा एकसाथ निर्वाचन गर्ने कार्यतालिका रहेको छ । निर्वाचन समितिका संयोजक महादेव यादवले समितिले विवरण पाएको तीन दिनमा निर्वाचन सम्भव हुने बताए । 

‘क्रियाशीलको विवरण समितिले पाएको ३ दिनको समय निर्वाचनको तयारीमा लाग्छ । बाँकी जिल्लाहरू सुगममै पर्छन् । निर्वाचन समिति तयारी अवस्थामा छ, ’उनले नयाँ पत्रिकासँग भने, ‘सबै जिल्लामा निर्वाचन अधिकृत  तोकिसकिएको छ।’ तर, शुक्रबार साँझसम्म पनि समितिले १३ जिल्लाको विवरण पाउन सकेको छैन । काठमाडौंमा भने कार्यतालिका अनुसार  ५ असोजमा नै निर्वाचनको तयारी थालिएको छ ।