१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
एजेन्सी मुम्बई
२o८१ बैशाख २५ मंगलबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

मनोज पाटिल केस : साहिल खानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
नयाँ पत्रिका मुम्बई
२o८१ बैशाख २५ मंगलबार १७:२३:oo

भारतीय मोडल मनोज पाटिलको आत्महत्या प्रयासमा अभिनेता साहिल खानविरुद्ध मुद्दा दायर भएको छ । पाटिललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा साहितविरुद्ध मुद्दा दर्ता भएको मुम्बई प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मिस्टर इन्डिया बडिबिल्डरसमेत रहेका पाटिलले बुधबार राति अत्यधिक औषधि सेवन गरी आत्महत्याको प्रयास गरेका थिए । खानले आफूविरुद्ध भ्रामक सूचना र भिडियो प्रसारित गरेपछि प्रताडना र बदनामीका कारण आत्महत्याको प्रयास गरेको पाटिलको सुसाइड नोटमा उल्लेख छ।

तर, साहिलले भने पाटिल र राज फौजदार नामका व्यक्तिबीचको मामलामा जबरजस्ती आफूलाई तानिएको बताएका छन् । उनका अनुसार पाटिलले फौजदारसँग पैसा लिएर म्याद गुज्रेको स्टेरोएड बेचेपछि फौजदारले यस विषयमा भिडियो बनाएका थिए ।

फौजदारको सपोर्टमा आफूले सामाजिक सञ्जालमा सो भिडियो सेयर गरेको साहिलले बताएका छन् ।

ad
ad