१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format २o:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीको दाबी–आन्तरिक जनवाद एमालेमा जस्तो अन्यत्र छैन, माधवलाई कमरेड भन्न मिल्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५३:oo

एमाले अध्यक्ष केपी ओलीले आन्तरिक जनवाद एमालेमा जस्तो अन्यत्र कहीँ पनि  नहुने जिकिर गरेका छन् । आन्तरिक जनवाद अभियानको नेतृत्व गर्ने, एकताको अभियानको नेतृत्व गर्ने पनि एमाले रहेको तथा पार्टीको आन्तरिक जनवादको नेतृत्व गर्ने पनि एमाले नै रहेको उनले बताए । 

बुधबार बुटवलमा पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले एमालेमा आन्तरिक लोकतन्त्र राम्रो भएको जिकिर गरेका हुन् । उनले एमालेले गरेको विकासको काम देख्न नसकेर कमजोर पार्न तथा एमालेको सरकार ढलाउने अनेक खेल भएको चर्चा पनि गरे । 

कार्यक्रममा एमाले सरकारमा रहँदा विभिन्न काम गरेको भन्दै चर्चा गरेका उनले माधवकुमार नेपालको आलोचनामा पनि समय खर्चिए । जहिले पनि षड्यन्त्र, जहिले पनि पार्टीमा समस्या माधव नेपालले सिर्जना गरेको आरोप उनले लगाए । उनले नेपाली गरिबको आँसुले पोल्ने भन्दै माधव नेपाललाई कमरेड भन्न नमिल्ने बताए । 

उनले वर्तमान सरकारको पनि आलोचना गरे । ‘सरकारको बुद्धिमा बिर्को लागेको छ, बजेट खर्च गर्न नमिल्ने भैसक्यो, संसद् ४ गतेसम्म स्थगित गरेर के गर्न खोजेको ? उनले भने– गुरुरु दगुरेर गएर अर्थमन्त्रीले प्रस्ताव पेस गर्न हुन्छ भने पास गर्न सकिँदैन, सरकारसँग एक कप चिया खाने पैसा छैन, बुख्याचा हो कि सरकार हो ?’ 

कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले माधव नेपालको निजी स्वार्थकै कारणले पार्टी एकताविरुद्ध लागेको आरोप लगाए । प्रचण्डको आडमा केही व्यक्तिलाई लिएर पार्टी कब्जा गर्नेसम्मको खेल विगतमा भएको उनको दाबी छ । 

अर्का उपमहासचिव घनश्याम भुसालले एमाले समानता, न्याय, लोकतन्त्रमा योगदान गरेका कारण ठूलो र प्रभावकारी भएको चर्चा गर्दै यो दायित्व बिर्सन नहुने बताए ।