१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार २o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीको नक्कली राष्ट्रवाद धेरै दिन टिक्दैन : रामकुमारी झाँक्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:४३:oo

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीको नक्कली राष्ट्रवाद धेरै दिन नटिक्ने बताएकी छिन् । बाहिरी रूपमा जति राष्ट्रियताको पक्षमा देखिएको भए पनि उनको बाहिरी आवरण मात्र भएको बताइन् । 

बुधबार सल्यानको सल्ली बजारमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा झाँक्रीले ओली पार्टी र मुलुकको हितमा भन्दा पनि आफ्नो निहित स्वार्थ परिपूर्ति गर्ने उद्देश्यले अघि बढ्दा त्यसको विरुद्धमा विद्रोह भएको बताइन् । 

धेरै लामो संघर्षबाट प्राप्त उपलब्धिको रूपमा रहेको संविधान नै सिध्याउने तरिकाले अघि बढेपछि आफूहरूले विद्रोह गरेको दाबी गरिन् । उनले भनिन्, ‘जुनसुकै ठाउँमा पनि विद्रोहले वैधता पाएको छ । हाम्रो केपीविरुद्धको विद्रोहले झनै वैधता नपाउने कुरै भएन ।’ 

ओलीले प्रालि चलाएर बसेको बताउँदै उनले ०६२ सालको जनआन्दोलनमा संविधान विरोधी भएको र प्रधानमन्त्री हुनको लागि मात्र गणतन्त्रमा हस्तान्तरण गरेको उनले दाबी गरिन् । जनआन्दोलन भई रहँदा बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन भन्ने अहिले बाध्यताले स्वीकार गरे पनि गणतन्त्रलाई असफल बनाउन उद्यत रहेको उनको भनाइ छ । 

एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले एमाले पार्टीमा भस्मासुर प्रवृत्तिले गर्दा समस्या आएको बताए । 

ad
ad