१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

७ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक, प्रदेश २ सहित १३ जिल्लाको विवाद टुंगो लागेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२५:oo

नेपाली कांग्रेसले राजधानी काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले राजधानी काठमाडौं, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बर्दिया, कपिलवस्तु र बाजुराको विवरण वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।  

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार पार्टी कार्यालयले उपलब्ध गराएको विवरण सार्वजनिक गरिएको हो । घिमिरेका अनुसार समितिलाई ७ मात्र जिल्लाको विवरण उपलब्ध गराइएको हो ।  
क्रियाशील विवाद बाँकी रहेका २० मध्ये १३ जिल्लाको सदस्यताको विषय भने टुंगो लाग्न भने बाँकी छ । 
 
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने १० जिल्लाको विवाद समाधान गरेर सदस्यता प्रिन्ट गरिसकिएको जानकारी दिएका थिए । उनले विवरण सार्वजनिक गरिएका सातबाहेक सिरहा, पर्सा र महोत्तरीको विवाद टुंगो लागेको बताए पनि सार्वजनिक भने भएन । पौडेलले बाँकी १० जिल्लाको पनि छिट्टै टुंग्याउने तयारी भइरहेको जानकारी दिए ।