१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २९ मंगलबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २९ मंगलबार १४:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्जिकल सामग्रीको सप्लायर्स बनेर ४२ लाख ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २९ मंगलबार १४:४६:oo

सर्जिकल सामग्रीको सप्लायर्स बनेर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। ४२ वर्षीय सरल रानालाई महानगरीय अपराध महाशाखाले ललितपुर बागडोलबाट पक्राउ गरेको हो।

रानाले ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार त्रिपुरेश्वरस्थित शंकर महर्जनले सञ्चालन गरेको किपु साइन्टिफिक ट्रेडर्समा काम गर्ने विक्रम देउवा र विश्वम्भरलाल श्रेष्ठलाई उनले ठगेका पाइएको छ। रानाले उनीहरूलाई भारत पञ्जाबस्थित माइरियाद ह्युस हेल्थ केयर कम्पनीको नेपाली प्रतिनिधि हुँ भनी सामान ल्याइदिने भन्दै रकम असुल गरेका थिए।

पञ्जा, मास्कलगायत सामग्री सप्लाई गरिदिने भन्दै उनले ठगी गरेका हुन्। श्रेष्ठ र देउवाले रानाको बैंक खातामा रकम जम्मा गरिदिएका थिए। त्यसपछि रानाले म्याद सकिएका केही थान मात्रै सामग्री पठाएर गायब भएका थिए। आफूहरू ठगिएपछि  श्रेष्ठ र देउवाले महाशाखामा उमेश नकर्मी, सरल राना र सन्दीप थापाविरुद्ध मुद्दा दर्ता गराएका थिए। नकर्मी र थापा प्रहरी सम्पर्कमा नआएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।