१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
एजेन्सी नयाँ दिल्ली
Invalid date format १३:१४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतको फिरोजावादमा भाइरल ज्वरोका कारण ११४ जनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
Invalid date format १३:१४:oo

भारतको फिरोजावादमा भाइरल ज्वरोका कारण ८८ बालबालिकासहित एक सय १४ जनाको मृत्यु भएको छ। मंगलबार चारजनाले ज्यान गुमाएसँगै मृतकको संख्या एक सय १४ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ।

उत्तर प्रदेशमा पर्ने यो जिल्लामा मात्र कम्तीमा १२ हजार मानिस भाइरल ज्वरोका कारण बिरामी परेका यहाँको स्वास्थ्य विभागका स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।

राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसिडिसी)ले जिल्लामा डेंगुको प्रकोप रहेको पहिचान गरेको थियो। केन्द्रको टोलीले कीटजन्य रोगको प्रसार रोक्ने विभिन्न उपाय अपनाए पनि मृत्यु हुनेको संख्यामा कमी आएको छैन।

स्वास्थ्य विभागका अधिकारीहरूका अनुसार फिरोजावादमा डेंगु, मलेरिया, स्क्रब टाइफस, लेप्टोस्पायरोसिसलगायत रोगका बिरामीहरू देखिन थालेका छन्।