१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
एजेन्सी जेनेभा
Invalid date format १२:४९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा मानवीय संकट आउन लागेको भन्दै राष्ट्रसंघद्वारा सहयोग आह्वान

Read Time : < 1 मिनेट
एजेन्सी जेनेभा
नयाँ पत्रिका जेनेभा
Invalid date format १२:४९:oo

अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको संयुक्त राष्ट्रसंघले जनाएको छ।  यहाँको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय संकट आउन लागेको भन्दै राष्ट्रसंघले आवश्यक सहयोग उपलब्ध गराउन आह्वान गरेको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएका छन्। सोमबार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग महासचिव गुटर्रेसले सहयोगको आह्वान गरेका हुन्।

गत महिना सशस्त्र विद्रोहमार्फत अफगानिस्तानको सत्ता तालिवानीहरूले हातमा लिएयता वैदेशिक सहायता ठप्प भएको छ। अफगानिस्तानका नागरिकहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा सुरक्षित पिउने पानीको समेत समस्या रहेको राष्ट्रसंघले जनाएको छ।

करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताउँदै गुटर्रेसले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानका दशौँ लाख मानिसलाई राहत पुग्ने बताएका छन्। यहाँको पछिल्लो राजनीतिक परिवर्तनपछि नागरिकहरू निकै ठूलो जोखिममा परेका भन्दै उनले भने, ‘हामीले यहाँ यो कुरा त्यसै भनेका छैनौँ  कि अफगानिस्तानको अवस्था साँच्चिकै नराम्रो छ।’

राष्ट्रसंघले सहायताकर्मीहरूलाई यहाँका विभिन्न स्थानमा उनीहरूले सहयोग गर्न पुगे भने उनीहरूलाई नरोक्न तालिवानलाई पनि आह्वान गरेको छ। तालिवान लडाकुहरूले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस आफ्नो वासस्थानबाट विस्थापित भएका थिए।

अहिले पनि अफगानिस्तानका लाखौँ नागरिक आन्तरिक रूपमा विस्थापित भएर देशभित्रै शरणार्थीको अवस्थामा बाँच्न बाध्य भएका बताइएको छ।