१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २९ मंगलबार
  • Saturday, 05 July, 2025
एजेन्सी वासिङ्टन
२o७८ भदौ २९ मंगलबार १२:१७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानले आतंकवादीलाई शरण दिएको अमेरिकी आरोप

Read Time : < 1 मिनेट
एजेन्सी वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
२o७८ भदौ २९ मंगलबार १२:१७:oo

पाकिस्तानले तालिवान र तालिवान सरकारमा सहभागी हक्कानी नेटवर्कका आतंकवादीलाई शरण दिएको अमेरिकाले आरोप लगाएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले पाकिस्तानी खुफिया एजेन्सी आइएसआईको हक्कानी नेटवर्कसँग गहिरो सम्बन्ध रहेको बताएका छन्।

उनले अफगानिस्तानको मामलामा पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नैपर्ने बताएका भास्करले उल्लेख गरेको छ। तालिवानसँग पाकिस्तानको लाभका धेरै विषय भएको उल्लेख गर्दै ब्लिंकनले तीमध्ये केही विषय अमेरिकाको विरुद्धमा रहेको चेतावनीसमेत दिएका छन्।

अफगानिस्तानमा हस्तक्षेप गरेको भन्ने आरोप पाकिस्तानले भने अस्वीकार गर्दै आएको छ। पाकिस्तानले एकातर्फ तालिवानीलाई शरण दिएको र अर्कोतर्फ आतंकवादविरुद्धको लडाइँमा साथ रहने प्रतिबद्धता जनाउने गरेको भन्दै ब्लिंकनले अमेरिका–पाकिस्तान सम्बन्धलाई छिट्टै समीक्षा गरिने बताएका छन्।