मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २८ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २८ सोमबार १७:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक इजलासको सुनुवाइ रोक्ने आदेशविरुद्ध सर्वोच्चमा पूरक निवेदन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २८ सोमबार १७:१६:oo

संवैधानिक इजलासको सुनुवाइ रोक्ने न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासको आदेशविरुद्ध सर्वोच्चमा पूरक निवेदन दर्ता भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार सर्वोच्चमा निवेदन दर्ता गराएका हुन्।

निवेदनमा संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा अवरुद्ध सुनुवाइ सुचारु गर्न माग गरिएको छ। निवेदनमा एकल इजलासबाट संवैधानिक इजलासको क्षेत्राधिकार अतिक्रमण गरी सुनुवाइ अवरुद्ध पारिनु गम्भीर न्यायिक विचलनको अवस्था भएको जिकिर गरिएको छ। 

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइमा झन्डै ९ महिना ढिलाइ भएको थियो। सुनुवाइमा ढिलाइ भएको भन्दै अर्यालले संवैधानिक इजलासमा यसअघि चारवटा निवेदन दर्ता गराएका थिए।

संवैधानिक परिषद्ले सिफारिस गरेको नियुक्तिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा परिषद्को सदस्यका रूपमा उपस्थित भएका थिए। मुद्दामा प्रधानन्यायाधीशसमेतलाई विपक्षी बनाइएको छ। मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीशको उपस्थितिलाई लिएर विवाद भएको थियो। 

विवादपछि प्रधानन्यायाधीश जबराले संवैधानिक इजलास छाड्ने निर्णय लिएका थिए। तर, अधिवक्ता गणेश रेग्मीले प्रधानन्यायाधीशको उपस्थितिविना संवैधानिक इजलास सञ्चालन हुन नसक्ने जिकिर गर्दै रिट हालेका थिए। रिटमाथि  न्यायाधीश फुँयालको एकल इजलासले संवैधानिक इजलासको सुनुवाइ रोक्न अन्तरिम आदेश जारी गरेको थियो।