मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २७ आइतबार १८:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् खुलाउन सत्तापक्ष र सभामुखले पहल गरेनन् : सुवास नेम्वाङ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २७ आइतबार १८:२१:००

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक सुचारु गराउन अझै पहल नगरेको भन्दै सत्तापक्ष र सभामुखप्रति आक्रोश पोखेका छन् । पूर्वसभामुखसमेत रहेका नेम्वाङले सभामुख अग्नि सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद् अवरुद्ध पार्नुपरेको जिकिर गरे । आइतबार संसद् भवन परिसरमा उनले संसद् अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि संञ्चारकर्मीलाई आग्रह गरे । 

उनले भने, ‘संसद् बैठक अवरुद्ध हुने यो स्थितिलाई कहिलेसम्म कायम राख्नुहुन्छ ? कहिलेसम्म प्रतिपक्षलाई भेदभाव भइरहन्छ ? त्यो भेदभावको स्थिति कहिले अन्त्य हुन्छ भनेर प्रतिपक्षले महसुस गर्ने कहिलेसम्म हो ? यस्तो भइरहँदा पनि सत्तापक्ष र सभामुखले अहिलेसम्म अलिकति पनि कुरा नगरीकन, छलफल नगरीकन बसी राख्न सक्नुहुन्छ ?

नेम्वाङले माधवकुमार नेपालसहितका आफ्ना पार्टीले निष्काशन गरेका १४ सांसदहरूको सूचना संसद् सचिवालयमा टाँस नगरुन्जेल अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन नसक्ने बताए ।