मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २७ आइतबार १६:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय मर्यादा पालना गर्न एमाले सांसदहरूलाई ओलीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २७ आइतबार १६:१४:००

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय मर्यादाविपरीतका गतिविधि नगर्न पार्टीका सांसदहरूलाई  निर्देशन दिएका छन् । आइतबार संसदीय दलको बैठकमा उनले पार्टीका सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले वेल घेराउ गर्ने र तोकिएको नारा मात्रै लगाएर संसदीय मर्यादा र सीमाको ख्याल गर्न पार्टीका सांसदहरूलाई सचेत गराएका छन् । एमालेका सांसदहरूले आफ्नो दल फुटाउन भूमिका खेलेको भन्दै प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध चर्का नाराबाजी लगाउने क्रममा माइक तान्ने र सभामुखलाई हिर्काउनेलगायतका हर्कत गरेका थिए । त्यसप्रति सचेत गराउँदै ओलीले त्यसो नगर्न पार्टीका सांसदहरूलाई आग्रह गरे । 

'संसद्को यो अवरोध जारी रहन्छ । जारी राख्नुपर्छ । हामीले बुझ्नुपर्ने कुराहरू दलको बैठकबाट बोल्न सकिन्छ, मिडियामा मिट द प्रेस गरेर बोल्न सकिन्छ । या समाचार माध्यममा गएर बोल्न सकिन्छ । र, त्यसको बारेमा हामी व्यापक रूपमा व्याख्या गर्नेछौँ र यसलाई स्पष्ट पार्दै जानेछौँ । तर, एउटा कुरा म माननीयजीहरूलाई भन्न चाहन्छु– आग्रह गर्न चाहन्छु–हामीले संसदीय मर्यादाभित्र तोकिएका नाराहरू, त्योभन्दा फाल्तु नाराहरू लगाउँदैनौँ । तोकिएका व्यवहार छन् । हामी वेलमा जान्छौँ । वेलमा गएर नारा लगाउँछौँ । नारा लगाउने तरिका हुन सक्छ । अलि सामान्य अवस्था आयो भने बिस्तारै नारा लगाउने, अलि बढी एग्रेसिभ भएर सभामुख आउँदा, सत्तापक्ष आउँदा अलि चर्को स्वरमा नारा लगाउने हुन सक्छ । तर हामीले  नारा लगाउने र वेलमा जानेभन्दा बाहिर, त्यो संसदीय मर्यादाभन्दा बाहिर जानुहुँदैन,' ओलीले भने ।