१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
एजेन्सी
२o८१ जेठ ३ बिहीबार १५:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

सात महिनापछि बाइडेन–सी संवाद

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:३९:oo

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ। अमेरिकी र चिनियाँ नेताहरूबीच करिब सात महिनापछि प्रत्यक्ष संवाद भएको हो। 

शुक्रबार बिहान बाइडेन र सीबीच टेलिफोन वार्ता भएको ह्वाइटहाउस र चिनियाँ सञ्चारमाध्यमले पुष्टि गरेका छन्। 

ह्वाइटहाउसका अनुसार करिब ९० मिनेट लामो वार्ता अमेरिका–चीन सम्बन्धलाई कसरी अगाडि बढाउने भन्नेमा केन्द्रित थियो। वार्तामा अमेरिका र चीनको स्वार्थ, मूल्य–मान्यता र दृष्टिकोणहरू मिल्ने तथा नमिल्ने क्षेत्रबारे कुराकानी भएको पनि ह्वाइटहाउसले जनाएको छ। 

गत जनवरीमा बाइडेनले राष्ट्रपतिको पद सम्हालेपछि सी जिनपिङ र बाइडेनबीच भएको यो दोस्रो संवाद हो। 

चिनियाँ मिडियाले दुईजनाबीचको संवाद ‘स्पष्ट’ र ‘गहन’ भएको बताएका छन्। सो वार्तामा सी जिनपिङले चाइनाप्रतिको अमेरिकी नीतिले दुई देशबीचको सम्बन्धमा ठूलो कठिनाइ ल्याएको धारणा व्यक्त गरेको पनि चिनियाँ सञ्चारमाध्यमहरूले बताएका छन्।  

दुई देशबीच बारम्बार छलफल गर्न दुवै पक्ष सहमत भएको पनि बताइएको छ। वार्ताका क्रममा बाइडेनले आफ्नो प्रशासनले चीन र अमेरिकाको प्रतिस्पर्धा गतिशील होस् भन्ने चाहेको र भविष्यमा अनपेक्षित्र द्वन्द्वमा फस्ने कुनै पनि परिस्थिति नभएको स्पष्ट पारेको ह्वाइटहाउसका एक अधिकारीले बताएका छन्।
 

ad
ad