१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीले गरेको क्षति पूर्वमाओवादीबाट सजिलै प्राप्त गरिनेछ : शंकर पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:५१:oo

एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले गरेको क्षति पूर्वमाओवादीबाट सजिलै प्राप्त हुने दाबी गरेका छन् । बिहीबार साँझ सामाजिक संजाल फेसबुकमा स्टटस लेख्दै पोखरेलले समग्रतामा जनप्रतिनिधिहरूका बीचमा देशभरिमा औसतमा १० प्रतिशतभन्दा कमको क्षति भएको छ र जनस्तरमा जाँदा त्यो क्षति निकै न्यून रहने दाबी गरेका छन् । 

अध्यादेशको षडयन्त्रबाट बनेको पार्टीले गरेको क्षतिभन्दा कैयौँ गुणा ज्यादा उपलब्धि हासिल गर्ने संकल्प पार्टीले लिएको उनले बताएका छन् । छोटो समयमै क्षति पूर्ति हुने भन्दै उनले कुनै प्रकारको भ्रम र अन्योलमा नपरी आत्मविश्वासका साथ पार्टी काममा जुट्न कार्यकर्तालाई अनुरोध गरेका छन् । 

पोखरेलले लेखेका छन्– वामदेव गौतम, बेदुराम भुसाल, गौरा प्रसाईंलगायत झन्डै एकदर्जन केन्द्रीय नेता र सांसदहरूले पार्टी छोड्दा पनि लुम्बिनी प्रदेशका ९६.३३ प्रतिशत जनप्रतिनिधिहरू पार्टीका पक्षमा उभिनुभयो । पार्टीविरुद्धको घेराबन्दीको समयमा पार्टीको पक्षमा उभिनुहुने सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाई ।
समग्रतामा जनप्रतिनिधिहरूका बीचमा देशभरिमा औसतमा १० प्रतिशतभन्दा कमको क्षति भएको छ । जनस्तरमा जाँदा त्यो क्षति निकै न्यून रहने निश्चित छ । त्यस न्यून हिस्साको पूर्ति त नेकपाको एकताको विरासतबाट सजिलै प्राप्त गरिनेछ । अध्यादेशको षडयन्त्रवाट पार्टीले जेजति क्षति व्यहोर्नुपरेको छ, छोटो समयमै त्योभन्दा कैयाैँ गुणा ज्यादा उपलब्धि हासिल गर्ने संकल्प पार्टीले लिएको छ । यस्तो अवस्थामा कुनै प्रकारको भ्रम र अन्योलमा नपरी आत्मविश्वासका साथ पार्टी काममा जुट्न सम्पूर्ण कमरेडहरूलाई हार्दिक अनुरोध छ ।
 

ad
ad