१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १७:४६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

खुलेका हल सरसफाइमै व्यस्त, फिल्म प्रदर्शन अनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४६:oo

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले गत बुधबार नै हल खोल्ने निर्णय गरे पनि हल सञ्चालनमा आएका छैनन्। नयाँ फिल्म प्रदर्शन गर्न कोही निर्माता तयार नभएपछि हल सञ्चालनमा आउन नसकेको हो। प्रशासनको हल खोल्ने निर्णय स्वागतयोग्य भए पनि हलको सरसफाइ र प्रोजेक्टर बनाउन समय लागेकाले फिल्म प्रदर्शन गर्न नसकिएको हल सञ्चालकहरूको भनाइ छ।

लामो समयदेखि प्रोजेक्टरहरू थन्किएर बसेकाले चेकजाँच गर्नुपर्ने, हलको सरसफाइ गर्नुपर्नेलगायत प्राविधिक काममै आफूहरू व्यस्त रहेको बताउँछन् चलचित्र संघका महासचिव अशोक शर्मा । उनी भन्छन्, ‘अब हामीले दसैँमा माहौल बनाउन कोसिस गर्ने हो। अहिले नै त नयाँ फिल्म चलाउन गाह्रो छ।’

निर्माता संघका अध्यक्ष आकाश अधिकारी पनि सरकारले अनुदान र सहुलियतको व्यवस्था नगरेसम्म नयाँ फिल्म चलाउन कोही निर्माता तयार नहुने बताउँछन्। भन्छन्, ‘७०, ८० फिल्म रिलिजको पर्खाइमा छन्। एक सय ६० करोड ज्यादा फ्रिज भएर बसेको छ। यस्तो वेला सरकारले सहजीकरण नगरी नयाँ फिल्म लगाउन गाह्रो छ।’ २० वटाभन्दा ज्यादा हल बन्द भइसकेको अवस्थामा बाँकी केही हलहरू बन्द हुने तयारीमा छन्। बाँकी केही हल भने फिल्म प्रदर्शन गर्नका लागि प्राविधिक काममा लागेका छन्।

यदि नयाँ फिल्म आएमा आफूहरू प्रदर्शन गर्न तयार रहेको बानेश्वरको एवान सिनेमाजका  म्यानेजर उमेशराज गिरीले बताए।