मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २० आइतबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ भदौ २० आइतबार १३:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोस्रो पेसीमा समेत रोकियो एकीकृत समाजवादी दर्ताको मुद्दामाथिको सुनुवाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ भदौ २० आइतबार १३:२७:oo

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेञ्चमा सुनुवाइ तोकिएको मुद्दालाई सर्वोच्च अदालतले आइतबारका लागि हेर्न नभ्याइनेमा राखेको हो।  

दल दर्ताविरुद्ध नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले वारेसनामामार्फत भदौ १७ मा तीन रिट दर्ता गराएका थिए। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ। मुद्दाको यसअघि शुक्रबार न्यायाधीश मीरा खड्काको एकल इजलासमा सुनुवाइ तोकिएका थियो। शुक्रबार बेञ्च बस्न नभ्याएका कारण सुनुवाइ स्थगित भएको थियो।