Skip This
बाढीपीडितलाई ग्लोबल आइएमई बैंकको राहत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १८ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १८ शुक्रबार o७:५७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाढीपीडितलाई ग्लोबल आइएमई बैंकको राहत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १८ शुक्रबार o७:५७:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएकोे बाढीबाट प्रभावितहरूलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट घरबारविहीन भएकाहरूको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री वितरण गरेको हो ।

बैंकले विपद्बाट प्रभावित नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका वडा नम्बर १८ पम्फापुरका एक सय ३५ घरपरिवारलाई प्रतिघरधुरी चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनरल वाटरलगायतका सामग्री वितरण गरेको जनाएको छ । लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालयहरू भुमही र परासीको संयोजकत्वमा उक्त राहत सामग्री वितरण गरेको बैंकले जनाएको छ । 

ग्लोबल आइएमई बैंक लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता तथा वडा नम्बर १८ का वडाध्यक्ष गोपाल डिस्वा मगरको रोहवरमा राहत सामग्री पम्फापुरमा हस्तान्तरण गरेको जनाइएको छ । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आइपर्ने बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपत्तिको समयमा सहयोग गर्दै आएको जनाएको छ ।