मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ १७ बिहीबार
  • Saturday, 12 July, 2025
एजेन्सी अबुजा
२o७८ भदौ १७ बिहीबार १३:२८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बन्दुकधारी समूहद्वारा नाइजेरियामा ७३ विद्यार्थी अपहरित

Read Time : < 1 मिनेट
एजेन्सी अबुजा
नयाँ पत्रिका अबुजा
२o७८ भदौ १७ बिहीबार १३:२८:oo

नाइजेरियामा बन्दुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन्। नाइजेरियाको प्रहरीले बुधबार उनीहरूलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खबर प्राप्त भएको जनाएको छ। विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन्। 

जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले जारी गरेको वक्तव्यमा उनीहरूलाई अपहरण गर्न ठूलो संख्यामा लडाकु आएका उल्लेख गरिएको छ। बुधबार बिहान काया गाउँबाट उनीहरूलाई अपहरण गरिएको र कता लगे भन्नेबारेमा यकिन हुन नसकेको अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।

अपहरित बालबालिका माध्यमिक तहका विद्यार्थी रहेका जनाइएको छ। घटनाबारे विस्तृत विवरण आउन भने बाँकी रहेको छ। गत डिसेम्बरदेखि हालसम्म नाइजेरियामा एक हजारभन्दा बढी विद्यार्थी अपहरणमा परेका जनाइएको छ।