१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी रोज्ने सुदूरपश्चिमका सांसदहरू सनाखत गर्ने तयारीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o३:oo

नेकपा एमाले त्यागेर नवगठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका सुदूरपश्चिमका प्रदेश सांसदहरूले निर्वाचन आयोगमा गएर सनाखत गर्ने तयारी गरेका छन्। आवश्यक कागजी प्रक्रिया तयार पारिरहेको र केहीबेरमै निर्वाचन आयोगको प्रादेशिक कार्यालय धनगढीमा गएर समाजवादीको पक्षमा सनाखत गर्ने तयारी रहेको एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गा कामीले जानकारी दिइन्।

एमाले सांसदहरू अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेर छलफल र आवश्यक कागजी प्रक्रियामा जुटेका छन्। प्रदेश सभामा सभामुखबाहेक एमालेका २४ मध्ये १३ सांसदले समाजवादीको पक्षमा सनाखत गर्ने तयारी गरेका जनाइएको छ।

विगतमा माधव नेपालको पक्षमा १७ जना थिए। एकीकृत समाजवादीको पक्षमा अन्य सांसदहरू पनि थपिने सो दल रोजेका एक सांसदले बताए। निर्वाचन आयोगले २२ भदौसम्म दल रोज्ने समय दिएको छ।