१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
एजेन्सी काबुल
२o८१ जेठ ८ मंगलबार ११:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

काबुलमा फेरि अर्को हमला हुन सक्ने चेतावनी

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
नयाँ पत्रिका काबुल
२o८१ जेठ ८ मंगलबार ११:१८:oo

अमेरिकी सुरक्षा एजेन्सीहरूले अफगानिस्तानको राजधानी काबुलमा फेरि अर्को हमला हुन सक्ने चेतावनी दिएका छन्। काबुल एयरपोर्ट आसपास पुनः अर्को आक्रमणको सम्भावना रहेको विशिष्ट र विश्वसनीय सूचनाहरू रहेको उनीहरूले बताएका हुन्।

अफगानिस्तानमा रहेको अमेरिकी दूतावासले सुरक्षा सतर्कता जारी गर्दै काबुल विमानस्थलको गेटलगायतका केही ठाउँहरूमा हमला हुन सक्ने चेतावनी दिएको ह। अमेरिकी राष्ट्रपति जो बाइडेनले वासिंगटनडिसीमा पत्रकारहरूसँग कुरा गर्देै विशेष सूत्रहरूले आगामी २४ देखि ३६ घन्टाभित्रमा अर्को हमला हुने सम्भावना प्रबल रहेको जानकारी दिएका बताएका छन्।

काबुल विमानस्थलनजिकै गत बिहीबार आक्रमण हुँदा १३ अमेरिकी सेना र २८ तालिवान सदस्य गरी हालसम्म कम्तीमा एक सय ७२ जनाको मृत्यु भएको छ। बिहीबारको हमलाबारे पनि अमेरिकाले अग्रिम सूचना पाएको भन्दै सुरक्षित रहन सचेत गराएको थियो। सो हमलाको जिम्मेवारी इस्लामिक स्टेट इन खोरासन प्रोभिन्स (आइएसकेपी) अर्थात् आइएसकेले  लिएको छ।

ad
ad