१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७८ भदौ ११ शुक्रबार १७:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा १३ वर्षपछि बहुविवाहका अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
२०७८ भदौ ११ शुक्रबार १७:१७:००

जिल्ला अदालत लमजुङले कैद फैसला सुनाएको दुई अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले बेंसीसहर नगरपालिका– ९ बस्ने वर्ष ४४  का खड्कबहादुर कामी र निजका कान्छी श्रीमती वर्ष ३५ का मीना भन्ने सुमिला विकलाई पक्राउ गरेको हो । उनीहरूलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।  

पक्राउ परेका दुईजनालाई जिल्ला अदालत लमजुङबाट ०६६ असार २४ गते फैसला सुनुवाइ बहुविवाह मुद्दामा जनही एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेकोमा उनीहरू फरार थिए । उनीहरूलाई शुक्रबार जिल्ला अदालत लमजुङमा पेस गरी तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तहरूलाई पछिल्लो समय खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । अदालतबाट प्राप्त लगतअनुसार मुद्दाका फरार अभियुक्तलाई खोजी गरी पक्राउ अभियान नै सञ्चालन गरेको उनले बताए ।