१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार २o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस कार्यदलले बुझाउन सकेन क्रियाशील सदस्यता विवाद टुंग्याएको प्रतिवेदन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २o:३५:oo

कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न बनेको कार्यदलको प्रतिवेदन रोकिएको छ । आइतबार विवाद समाधान भएको र पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तय भए पनि अन्त्यमा रोकिएको हो । 

कांग्रेस स्रोतका अनुसार अझै प्राविधिक विषय बाँकी रहेकाले प्रतिवेदन बुझाउन नसकिएको हो । ‘प्राविधिक विषय नटुंगिएकाले आज प्रतिवेदन बुझाउने काम अन्तिम समयमा आएर रोकियो,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘अब सोमबार या मंगलबार मात्रै बुझाउने सम्भावना छ ।’
कांग्रेसले क्रियाशील सदस्यताको विषय कार्यदलले टुंगो लगाएको र प्रतिवेदन आइतबार नै सभापति शेरबहादुर देउवालाई बुझाउन लागिएको जानकारी दिएको थियो । 

गत ३० साउनमा बसेको केन्द्रीय कार्यसमिति बैठकले रमेश लेखक संयोजकत्वको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरेको थियो । प्रतिवेदन पारित भएसँगै प्रतिवेदनमा निर्णय गर्न बाँकी रहेका विषय टुंगो लगाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र लेखकलाई जिम्मा लगाएको थियो ।
 
कार्यदललाई २ भदौभित्र विवाद टुंग्याएर ३ भदौभित्र सभापति देउवालाई प्रतिवेदन बुझाउने समयसीमा दिइएको थियो । तर, विवाद समाधानमा ढिलाइ हुँदा तीन दिन ढिला हुँदा पनि प्रतिवेदन बुझाउन सकेको छैन । सदस्यता विवाद नटुंगिएसम्म तल्लो तहको अधिवेशन सुरु हुन सक्दैन । सदस्यता विवादलगायतका विषय समाधान हुन नसक्दा कांग्रेसले चारपटक कार्यतालिका संशोधन गरिसकेको छ ।
 

ad
ad