टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १३ बिहीबार
  • Thursday, 27 January, 2022
२०७८ भदौ ६ आइतबार १७:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यो वर्षको गोसाइँकुण्ड मेला सकियो, पाँच हजारभन्दा बढीले मेला भरे

Read Time : < 1 मिनेट
२०७८ भदौ ६ आइतबार १७:४१:००

रसुवाको गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने मेला सकिएको छ। नागपञ्चमीदेखि साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा)सम्म लाग्ने यो वर्षको गोसाइँकुण्ड मेला सकिएको हो। गत साउन २९ देखि भदौ ६ सम्म लागेको मेलामा पाँच हजारभन्दा बढी भक्तजनले मेला भरेको होटेल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलले जानकारी दिए।

विगतका वर्षहरूमा व्यवस्थित रूपमा मेला सञ्चालन हुने गरेको भए पनि यो वर्ष कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै मेला स्थगित गर्ने निर्णय गरिएको थियो। यद्यपि, सार्वजनिक यातायातका साधन सञ्चालनमा नै रहेकाले तीर्थालुको आवागमन भने कम भएन।

विगतका वर्षहरूमा जनै पूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेलामा जानकारी दिन हेल्प डेस्क, स्वास्थ्य शिविरलगायतको व्यवस्थापन हुने गरेको थियो। तर, यो वर्ष मेला स्थगित गर्ने औपचारिक निर्णय भएकाले यी सुविधाको व्यवस्थापन नगरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए। उनका अनुसार मेला व्यवस्थित रूपमा सञ्चालन नभए पनि सुरक्षालाई मध्यनजर राखेर सुरक्षाकर्मी परिचालन गरिएको छ।

गोसाइँकुण्डमा जेठ शुक्ल दशमीका दिन दशहरा र साउन शुक्ल पूर्णिमाका दिन ऋषितर्पणी अर्थात् जनैपूर्णिमामा गरी वर्षको दुईपटक भव्य मेला लाग्छ । यी दुई दिन गोसाइँकुण्ड पुगेर पूजाआजा गरे मनोकांक्षा पूरा हुने धार्मिम विश्वास रहिआएको छ।

१०८ कुण्ड रहेको रसुवा जिल्लामा बर्सेनि हजारौँको संख्यामा भक्तजनहरू आउने गरेका छन्। समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्बरमा रामसार सूचीमा समेत सूचीकृत छ।