१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ५ शनिबार २१:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

यौन दुर्व्यवहारको अरोपमा उद्योगका सिइओ पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २१:o५:oo

उद्योगमा कार्यरत महिलामाथि दुव्र्यवहार गरेको आरोपमा विराटनगर– १३ रानीस्थित तयारी पोसाक उद्योगका प्रमुख कार्यकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । गोल्यान समूहले सञ्चालन गर्दै आएको ट्राइकोट इन्डस्ट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत भारतीय नागरिक सञ्जय चाण्डोकलाई मंगलबार नियन्त्रणमा लिएको हो । 

उद्योगमा कार्यरत करिब तीन सय मजदुर कर्मचारीले सिइओ चाण्डोकले महिला मजदुरहरूलाई यौन दुव्र्यवहार गर्नुको साथै पुरुष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्की दिने गरेको आरोप लगाएका छन् । 

कारबाहीको माग गर्दै श्रमिकहरू आन्दोलित भएपछि सिइओ चाण्डोकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको मोरङका एसपी जनार्दन जिसीले बताए । 
 
चाण्डोकले उद्योगको मानव संसाधन फाँटकी महिला कर्मचारीमाथि गत जेठमा दुव्र्यवहार गरेको मजदुरहरूले आरोप लगाएका छन् । उनले महिला कर्मचारीसँग व्यक्तिगत मामलाका कुराहरू सोधखोज गर्ने, रातिराति फोन गर्ने र काममा चित्त नबुझेको भन्दै धाकधम्की दिने गरेका थिए । 

साढे तीन सय मजदुरले काम गर्ने उक्त उद्योगमा एक सय ५० भन्दा बढी महिला कामदार छन् । यो उद्योगले विदेशमा तयारी कपडा निर्यात गर्ने गरेको छ । 

ad
ad