१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदमा भीम रावलले भने– सरकारले भूतपूर्व गोर्खाहरूलाई हतोत्साहित गर्नु खेदजनक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o३:oo

प्रमुख प्रतिपक्ष दल एमालेका उपाध्यक्ष भीम रावलले सरकारले बेलायतमा अनशनरत भूतपूर्व गोर्खा सैनिकहरूलाई हतोत्साही गर्ने गतिविधि गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा रावलले सरकारले भूतपूर्व गोर्खाहरूको माग पूरा गराउनका लागि कूटनीतिक पहल गर्दै उनीहरूको जीवन रक्षा गर्न पहल गर्नुपर्नेमा परराष्ट्र मन्त्रालयले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई लेखेको पत्रमा गोर्खाहरू आमरण अनशन बस्नुपर्ने होइन भनेर लेखिएको भन्दै आपत्ति जनाए । 

उनले भने, ‘नेपाल सरकारले आफ्नो विदेशस्थित नागरिकहरूको हकहितको सम्बन्धमा तत्काल आवाज उठाउनुपर्नेमा हालै परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जानकारी गराइएको एउटा पत्रमा उल्टै भूतपूर्व गोर्खाहरूले यसरी आमरण अनशन गर्नु सुहाउने कुरा होइन भनेर पत्र पठाएको देख्दा स्वयं अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा काम गर्ने हामी त्यसका सदस्यहरू लज्जित भएका छौँ । आफ्ना देशका नागरिकहरूका बारेमा जोडदार रूपमा आवाज उठाउन र उनीहरूको हक, हितको लागि सरकार अग्रसर हुनुपर्नेमा त्यतातर्फ ध्यान नदिएर उल्टै आफ्नो न्यायोचित माग उठाउने भूतपूर्व गोर्खाहरूलाई हतोत्साहित गर्ने प्रकारका गतिविधि गरिनु अत्यन्त खेदजनक कुरा हो ।’

रावलले भूतपूर्व गोर्खाहरू १० दिनदेखि आमरण अनशन बसिरहेकाले स्वास्थ्यस्थिति बिग्रिएको भन्दै तत्काल उच्चस्तरीय वार्ता समिति गठन गरेर बेलायत सरकारसँग वार्ता गर्न पनि सरकारसँग आग्रह गरे ।