Skip This
कृषलाको हत्या आरोपमा दुईजना पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format १६:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कृषलाको हत्या आरोपमा दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format १६:o१:oo

उदयपुरको त्रियुगा नगरपालिका– ६ मोहनपुरकी १७ वर्षीया किशोरी कृषला चौधरीको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जंगलमा कृषलाको शव फेला परेको १२ दिनपछि सोमबार दिउँसो उदयपुर प्रहरीले हत्या आरोपमा दुईजनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा सप्तरी सुरुंगा नगरपालिका– १ का २७ वर्षीय उचित सदा र २३ वर्षीय बिसे सदा रहेका छन्। पक्राउ परेका उचित सदाले आफ्नी श्रीमतीले छोडेर गएको बदला लिन साथीको सहयोगमा कुटपिट गरेर कृषलाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उचित सदाले कृषलाकै कारण आफूलाई श्रीमतीले छाडेर गएको र आफ्नो घरबार बिग्रिएको बयान दिएका छन्। कृषला उचित सदाकी श्रीमतीकी साथी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको उदयपुर प्रहरीले जनाएको छ।

त्रियुगा नगरपालिकाको देउरीस्थित जनता माध्यमिक विद्यालयमा पढ्दै आएकी कृषलाले एसइई परीक्षा दिएकी थिइन्। ३१ साउन दिउँसो घरबाट हिँडेकी कृषलाको शव १९ साउनमा उदयपुरको चुरे क्षेत्रको जंगलमा सखुवाको रूखको जरामुनि खाल्डोमा फेला परेको थियो।

कृषलाको हत्यारा पक्राउ गर्न ढिलाइ भएको भन्दै संघीय र प्रदेश संसदमा सांसदहरूले गृहमन्त्रीको आलोचना गर्दै आएका थिए। अधिकारकर्मीहरूले पनि उदयपुरमा निरन्तर प्रदर्शन गरेका थिए।