१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लमजुङका निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:४o:oo

लमजुङमा भूकम्प गएको ६ वर्षमा १० हजार चार सय ४४ घर पुनर्निर्माण भएका छन् । विनाशकारी भूकम्पपछि निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब रुपैयाँ खर्च भएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङले हालसम्म तीन अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ खर्च भएको जनाएको छ । कार्यालयका फोकलपर्सन विनायक दवाडीले हालसम्म १० हजार चार सय ४४ लाभग्राहीले आवास पुनर्निर्माण सम्पन्न गरी तेस्रो किस्ताको रकम बुझिसकेका जानकारी दिए । उनले दोस्रो किस्ता लिने लाभग्राहीको संख्या १२ हजार ६६ रहेको पनि बताए । 

जिल्लामा लाभग्राहीको संख्या १५ हजार पाँच सय ७८ छ । हालसम्म पहिलो किस्ताबापत ५० हजारका दरले ७३ करोड, १३ लाख ५० हजार रुपैयाँ निकास भइसकेको छ । त्यसैगरी, दोस्रो किस्ताबापत एक अर्ब ८० करोड ९९ लाख र तेस्रो किस्ताबापत एक अर्ब ४४ करोड चार लाख रकम खर्च भएको छ ।

ad
ad