१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
अर्जुन अधिकारी काठमाडाैं
Invalid date format १o:१७:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘५० प्रतिशतमा एन्टिबडीको विकास’

स्वास्थ्य मन्त्रालय र डब्ल्युएचओले ७७ जिल्लाका १३ हजार ७ सय नागरिकमा गरेको नमुना परीक्षणमा करिब आधामा एन्टिबडी विकास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१७:oo

१३ हजार सात सय नेपालीमा सर्भे गर्दा ५० प्रतिशतमा कोरोनाविरुद्धको एन्टिबडी विकास भएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन र सेन्टर फर डाइनामिक नेपालले संयुक्त सर्भे गरेका हुन् । स्वास्थ्य सेवा विभाग स्रोतका अनुसार ७७ वटै जिल्लामा पुगेर समुदायमा आधारित सर्भे गरिएको हो । यो सर्भेले सबै नेपालीलाई प्रतिनिधित्व गर्ने भएकाले आधा जनसंख्यामा कोरोनाविरुद्ध लड्ने कुनै न कुनै एन्टिबडी तयार भएको दाबी उनीहरूको छ । सर्भेमा ६ महिनादेखि माथि उमेर समूहका नागरिकको नमुना लिइएको थियो । 

‘समुदायमा आधारित रहेर गरिएको सर्भेको प्रारम्भिक चरणको रिपोर्ट धेरै राम्रो देखिएको छ,’ एक अधिकारीले भने, ‘तर, अन्तिम रूप लिन अझै केही समय लाग्नेछ ।’ अधिकारीहरूका अनुसार दशैँसम्म अन्तिम रिपोर्ट सार्वजनिक हुनेछ । स्वास्थ्य अनुसन्धान परिषद्बाट स्वीकृति लिएर अनुसन्धान गरिएको हो ।

जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षितले संकलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको बताए । ‘जति धेरैमा एन्टिबडी बन्छ, त्यति राम्रो हो,’ दीक्षितले भने, ‘यसले भ्याक्सिन लगाउनुपर्नेको संख्या क्रमशः घट्दै जानेछ ।’ संक्रमित भएर तथा भ्याक्सिन लगाएर एन्टिबडी बन्नेको संख्या ७० प्रतिशतमाथि पुग्यो भने आगामी दिन सहज बन्ने अधिकारीहरू बताउँछन् । एन्टिबडी तयार भएकालाई कोरोना संक्रमण नै भए पनि गम्भीर समस्या निम्तिने सम्भावना न्यून हुने दीक्षितको भनाइ छ । 

यसअघि ०७७ असोजमा पनि स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त विज्ञ टोलीले एन्टिबडीबारे अध्ययन गरेको थियो । त्यतिवेला मनाङ र मुस्ताङबाहेक ७५ जिल्लाबाट ६ हजार पाँच सयजनाको नमुना संकलन गर्दा १३ प्रतिशतमा एन्टिबडी बनेको रिपोर्ट तयार भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीले बताए । यो अध्ययनमा पनि पाँच महिनादेखि माथि उमेर समूहको नमुना लिइएको थियो ।