१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोभिड–१९ विरुद्ध क्याटरपिलरको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:५६:oo

क्याटरपिलर आइएनसीको परोपकारी अंगका रूपमा रहेको क्याटरपिलर फाउन्डेसनले कोभिड–१९ का मामलामा नेपालमा पनि सहयोग विस्तार गरेको छ । संस्थाले कोभिड–१९ सँग संघर्ष गरिरहेका देशहरूलाई सहयोग गर्ने क्रममा नेपाललाई पनि सहयोग गरेको हो । 

असिस्ट इन्टरनेसनलको सहकार्यमा क्याटरपिलर फाउन्डेसनले अक्सिजन कन्सन्ट्रेटर, अप्रसारक भेन्टिलेटर, आइसियू भेन्टिलेटर प्यासेन्ट मनिटर, नेबुलाइजरहरू र त्यससँग सम्बन्धित उपकरणजस्ता अत्यावश्यक वस्तु नेपालका विभिन्न अस्पताललाई सहयोग गरेको जनाइएको छ । संस्थाले पोखरा र आसपासका चारवटा अस्पतालका साथै अन्य विभिन्न स्थानमा सहयोग गरेको छ ।

संस्थाको सहयोग प्राप्त गर्नेमा पोखरा एकेडेमी अफ हेल्थ साइन्स, रूपाकोट गाउँपालिका स्वास्थ्य केन्द्र, स्याङ्जा जिल्ला अस्पताल र संक्रामक तथा सरुवारोग अस्पताल रहेको जनाइएको छ । त्यस्तै, बनेपाको सिर मेमोरियल अस्पताल र काठमाडौंंको कान्ति बाल स्पतालले पनि चिकित्सा सामग्री प्राप्त गरेका छन् । क्याटरपिलर आएइनसीको नेपालका लागि डिलर ट्र्याक्टर्स नेपाल प्रालिले स्थानीय समुदायका यी आवश्यकता पहिचान गर्न सघाएको जनाइएको छ । 

फाउन्डेसनकी अध्यक्ष आशा बर्गिजले समुदायको सुरक्षाका खातिर अथक रूपमा खटिने असिस्ट इन्टरनेसनलजस्ता अन्य गैरनाफामुखी साझेदारलाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताइन् । चिकित्सकीय आपूर्ति नेपालमा कोभिड–१९ संक्रमणविरुद्ध लड्न अति उपयोगी भएको र यसले अमूल्य जीवनको रक्षा गर्ने उनको भनाइ थियो । 

फाउन्डेसनले हालसम्म सोझै कोभिड–१९ रेस्पोन्स र संसारभरका प्रभावित संस्थाका निम्ति १ करोड २० लाख अमेरिकी डलर प्रदान गरिसकेको जनाएको छ । क्याटरपिलरको परोपकारी संस्थाको रूपमा सन् १९५२ मा स्थापित क्याटरपिलर फाउन्डेसनले तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा फस्टाउन सक्ने लचिला समुदायहरूको निर्माण गरेर सम्भव भएसम्म संसारभर करिब ८१ करोड डलर योगदान गरिसकेको जनाइएको छ । 

ad
ad