१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

यसकारण बर्खास्तमा परे अफगानिस्तानका सेना प्रमुख  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:५७:oo

अफगानिस्तान सरकारले  सेना प्रमुखलाई  बर्खास्त गरेको छ। सरकारविरुद्ध युद्धरत चरमपन्थी संगठन तालिवानले पछिल्लो एक हप्तामा एकचौथाइभन्दा बढी प्रान्तीय राजधानी कब्जा गरेपछि सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाईलाई  बुधबार बर्खास्त गरेको हो। अहमदजाईले गत जुन महिनादेखि अफगानिस्तान सेना प्रमुखको पद सम्हाल्दै आएका थिए।  

विद्रोही संगठन तालिवानले गत शुक्रबारदेखि अहिलेसम्म अफगानिस्तानका ३४ प्रान्तमध्ये नाै प्रान्तका राजधानी कब्जामा लिइसकेको छ। 

के हो तालिवान ? 
सन् १८८९ मा सोभियत संघको सेना  फिर्ता भएपछि अफगानिस्तानमा गृहयुद्ध सुरु भयो। भ्रष्टाचार नियन्त्रण, सुरक्षाको प्रत्याभूतिलगायतका नारा लिएर अफगानिस्तानको दक्षिण पूर्वी भाग अर्थात् पाकिस्तानको सीमा क्षेत्रबाट तालिवानको उदय भयो। सन् १९९८ सम्म आइपुग्दा अफगानिस्तानको ९० प्रतिशत भूभाग तालिवानको नियन्त्रणमा पुग्यो। 

उनीहरूको सत्ता स्थापित भएपछि  सरिया वा इस्लामिक कानुनको छुट्टै कट्टरपन्थी संस्करण लागू गरे र क्रूर दमन सुरु गरे। पुरुषहरूले अनिवार्य रूपमा दाह्री पाल्नुपर्ने र महिलाले अनिवार्य रूपमा बुर्का लगाउनुपर्ने नियम सुरु भयो। 

यसैबीचमा सन् २००१ सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको पेन्टागनमा आक्रमण गर्‍यो। घटनाको मुख्य योजनाकार थिए, ओसामा बिन लादेन। अमेरिकाले घटनाबारे अनुसन्धान गर्दै जाँदा ओसामा बिन लादेन तालिवानको संरक्षणमा अफगानिस्तानमा रहेको तथ्य पत्ता लगायो।  लादेनलाई विनासर्त अमेरिकाको हातमा बुझाउन तालिवानसँग आग्रह गर्‍यो। तर, तालिवानले अमेरिकाको आग्रहलाई अस्वीकार गरेपछि सैन्य कारबाहीबाट तालिवानलाई सत्ताच्युत गरिदियो। त्यसयता लगातार २० वर्षदेखि अमेरिकी सेना अफगानिस्तानमा रहँदै आएको थियो। 

गत अप्रिलमा जो बाइडेन प्रशासनले सेप्टेम्बर ११, २०२१ सम्म सबै अमेरिकी सेना फिर्ता बोलाउने निर्णय गर्‍यो। अमेरिकाको यो निर्णयसँगै पछिल्लो समय तालिवानले शृंखलाबद्ध रूपमा आक्रमण गर्दै आइरहेको छ। 

 

ad
ad