१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा घरायसी विवादमा गर्भवती श्रीमतीको हत्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२१:oo

बुधबार गुह्येश्वरीमा श्रीमती हत्या आरोपमा पक्राउ परेका राम श्रेष्ठले घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको बयान प्रहरीमा दिएका छन्। श्रीमतीको हत्या गरेलगत्तै आफैँले प्रहरीलाई खबर गरेका श्रेष्ठले श्रीमतीसँगको झगडा सहन नसकेर हत्या गरेको बताएका छन्। 

उनले श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेका थिए। तर, प्रहरीले अन्य कारण पनि हुन सक्ने भन्दै उनीमाथि थप अनुसन्धान थालेको छ। मकवानपुर उपमहानगरपालिका स्थायी घर भई गुह्येश्वरी बस्ने श्रेष्ठ र तामाङले एक वर्षअघि मात्रै प्रेमविवाह गरेका थिए। 

महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी केशव पौडेलले शव पोस्टमार्टमका क्रममा मृतक महिलाको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको बताए। उनका अनुसार श्रेष्ठले आफैँले श्रीमतीको घाँटी थिचेर हत्या गरेपछि प्रहरीलाई खबर गरेका थिए। उनलाई गौशाला वृत्तको हिरासत कक्षमा राखिएको छ। श्रीमतीको हत्या गरेपछि उनले आफ्नो दायाँ हातमा चक्कु प्रहार गरेका थिए।