
प्रतिनिधिसभाको बैठक सुरु भएको छ। प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिक्कै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाउन सुरु गरेका छन्।
प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै रास्वपाका सांसद मनीष झाले भिजिट भिसा प्रकरणको विषय पुनः उठाउँदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउन माग पुनः राखेका छन्।