१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:५o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ज्योति आत्महत्या प्रकरण, केटापक्षविरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५o:oo

प्रेम विवाह असफल भएपछि आत्महत्या गरेकी सप्तरीको सुरुंगा नगरपालिका–७ पोखरियाकी १९ वर्षीया ज्योति पासवानका आफन्तले केटापक्षविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । ज्योतिका बाबु प्रमोद पासवानले कृष्ण मिश्रविरुद्ध बुधबार इलाका प्रहरी कार्यालय कडोरबोनामा आत्महत्या दुरुत्साहन, जातीय छुवाछूत र जबर्जस्तीकरणी मुद्दा दर्ता गराएका हुन् ।

दलित अगुुवा दीपेन्द्र पासवानले केटापक्षविरुद्ध आत्महत्या दुरुत्साहन, जातीय भेदभाव तथा कसुर सजाय ऐन २०६८ र जबर्जस्तीकरणी मुद्दामा कारबाही गर्न उजुरी दिइएको बताए । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले भने, ‘कानुनअनुसार कारबाही गर्न प्रक्रिया अघि बढाइसकेका छौँ ।’

घरपरिवारलाई थाहै नदिई ज्योतिले कृष्ण झासँग प्रेम विवाह गरेकी थिइन् । गत ९ जेठमा ज्योतिलाई पति झाले गेस्ट हाउसमा छाडेर भागेका थिए । दुुई महिनासम्म पनि पति फर्केर नआएपछि गत शनिबार उनले घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । सँगै मर्ने र बाँच्ने कसम खाएर विवाह गरेको पतिले धोका दिएपछि उनी विक्षिप्त बनेकी थिइन् ।