१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २८ बिहीबार ०७:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईले किस्ताबन्दीमा ल्यापटप दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २८ बिहीबार ०७:०४:००

ग्लोबल आइएमई बैंकले काभ्रेका शिक्षकलाई सरल किस्ताबन्दीमा ल्यापटप दिने भएको छ । बैंकले लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेसँग गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकहरूलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने सम्झौता गरेको हो ।  

सम्झौतामा बैंकका बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता सिवाकोटी र लियो क्लबका सल्लाहकार तथा गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजना संयोजक सुदीप न्यौपानेले हस्ताक्षर गरेको जनाइएको छ । 

सम्झौताअनुसार बैंंकले गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत रही लियो क्लबको सिफारिसमा काभ्रे जिल्लामा अध्यापनरत शिक्षकहरूलाई किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने उल्लेख छ ।  

उक्त प्रक्रियामा शिक्षकहरूले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिएर इजी बाई इजी पेमार्फत सरल किस्ताबन्दीमा सहज तरिकाले ल्यापटप लिन सक्ने जनाइएको छ । बैंकले ७६ जिल्लामा २ सय ८० शाखा, २ सय ४८ एटिएम, २ सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।