१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 गुण्डाहरूको नियन्त्रणमा परीक्षा दिन सक्दैनौँ : विद्यार्थी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:३२:oo

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग तेस्रो सेमेस्टरका विद्यार्थीहरूले गुण्डाहरूको नियन्त्रणमा परीक्षा दिन नसकिने बताएका छन् ।

शनिबार वक्तव्य जारी गर्दै विद्यार्थीहरूले एउटै कक्षामा ६० जना हाराहारी विद्यार्थी राखेर विनाकुनै स्वास्थ्य मापदण्ड अत्यन्तै असंवेदनशील, गैरजिम्मेवार र विद्यार्थीको स्वास्थ्य तथा जीवनमाथि नै अमानवीय ज्यादती गर्दै परीक्षा सञ्चालन भइरहेको बताए  ।

वक्तव्यमा लेखिएको छ, ‘नेपाल सरकारले तय गरेको मापदण्डसमेत पालना नगरी सञ्चालन गरिएको परीक्षाको प्रकृतिमाथि विरोध जनाउँदै स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै परीक्षा सञ्चालन गर्न आग्रह गर्दै आज हामीले पाटन क्याम्पसमा शान्तिपूर्ण प्रदर्शन गरेका थियौँ । परीक्षा दिनुभन्दा आधा घन्टाअगाडि भएको हाम्रो प्रदर्शनस्थलमै अनधिकृत व्यक्तिहरू प्रवेश गरी हामीलाई सार्वजनिक रूपमा धम्की दिएका छन् । त्यतिले नपुगेर परीक्षा अवधिभरि पटकपटक गुण्डागर्दी शैलीमा अनधिकृत व्यक्तिहरूले परीक्षास्थलमा प्रवेश गरी विद्यार्थीमाथि अत्यन्तै स्तरहीन गालीगलौज र आपराधिक धम्की दिएका छन् । यस्तो त्रास र भयको वातावरणमा हामीले शिक्षालयभित्रै बिताएको तीन घन्टा अत्यन्तै सकसपूर्ण र आतंकमय रहन पुग्यो । परीक्षा हलबाट पनि सामूहिक रूपमा हामीले बल्लतल्ल आफ्नो भौतिक सुरक्षा गरी बाहिरिएका छौँ । पाटन क्याम्पसको परीक्षा केन्द्र नै सम्पूर्ण रूपमा गुण्डाहरूको नियन्त्रणमा रहेकाले हामी यथास्थितिमा सोही क्याम्पसमा परीक्षा दिन असमर्थ रहेको जानकारी गराउन चाहन्छौँ । विद्यार्थीमाथि शिक्षालयभित्रै यस्तो आपराधिक घटना हुने परिस्थिति कसले निर्माण गर्‍यो ? परीक्षाबारे प्रत्यक्ष रूपमा जिम्मेवारी लिनुपर्ने त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाज विज्ञानका डिन, समाजशास्त्र केन्द्रीय विभाग र त्यसका विभागीय प्रमुख साथै पाटन क्याम्पसका प्रमुखको भूमिकाप्रति हामी कडा रूपमा आपत्ति व्यक्त गर्दछौँ । विद्यार्थीको भौतिक सुरक्षा नै खतरामा पर्ने र परीक्षा केन्द्र गुण्डाहरूको नियन्त्रणमा रहनेजस्तो दयनीय परिस्थितिको जिम्मेवारी उहाँहरूले नै लिनुपर्दछ  । कोभिड महामारीमा सबैभन्दा पहिला विद्यार्थीको स्वास्थ्य अवस्थामाथी जिम्मेवारी लिनुपर्ने नै विभाग र क्याम्पसहरूले थियो, तर आफ्ना विद्यार्थीको स्वास्थ्यमाथि खेलबाड गर्ने विभागीय प्रमुख र क्याम्पस प्रमुखको भूमिकाप्रति हामी खेद प्रकट गर्दछौँ । यही अवस्थाजस्ताको तस्तै रहेसम्म भौतिक सुरक्षा र कोभिड–१९ को महामारीका कारण आगामी परीक्षामा सामेल हुन नसक्ने जानकारी गराउन चाहन्छौँ । परीक्षामा सहभागी भएपछि नै हाम्रा कतिपय साथीहरूको स्वास्थ्यमा समेत असर देखिएको छ, त्यसैले कोभिड–१९ को असर देखिएका साथीहरूलाई छुट्टै कक्षाकोठाको व्यवस्था, नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालनाका साथै परीक्षा केन्द्र आपराधिक व्यक्तिहरूको हातबाट तत्काल मुक्त गर्ने पहल लिन हामी सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छौँ । हाम्रो आग्रहलाई अटेर गरी यथास्थितिमै परीक्षा सञ्चालन गर्न खोजे कडा प्रतिवाद गरिने घोषणासमेत गर्दछौँ । ’