निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण ३० सोमबार
  • Monday, 15 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २३ शनिबार ०७:४८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २३ शनिबार ०७:४८:००

नेपाली राष्ट्रिय फुटबल टोलीले १७ र २० भदौमा छिमेकी राष्ट्र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले १३औँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारीका लागि भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको जनाएको छ । 

साफ च्याम्पिनयसिप अक्टोबर महिनामा हुनेछ । १३औँ संस्करणको साफ च्याम्पियनसिपको आयोजक राष्ट्रको छिनोफानो भएको छैन । यसअघि बंगलादेशले साफ च्याम्पिनसिप गर्ने भनिएको थियो । तर, बंगलादेशले कोरोना भाइरस अनियन्त्रित हुनु तथा आर्थिक अभावका कारण प्रतियोगिता आयोजनाबाट हात झिकेको छ ।  बंगलादेश फुटबल संघले चरम आर्थिक संकट र कोभिड–१९ कै कारण १३औँ साफ च्याम्पियनसिप गर्न नसकिने भनी गत महिना दक्षिण एसिायली फुटबल महासंघलाई दिएको थियो । 

त्यसपछि नेपाल र माल्दिभ्सले साफ आयोजना गर्न भनी प्रस्ताव राखेका छन् । महासंघले गत महिना नै आयोजक राष्ट्र छिनोफानो गर्ने तय भएको थियो । महासंघले पूर्वनिर्धारित कार्यक्रमअनुसारै अक्टोबरमै साफ हुने बताइए पनि आयोजक राष्ट्र घोषणा नहुँदा सहभागी टोली अन्योलमा छन् । नेपालले तेस्रोपटक साफ आयोजना गर्ने तयारीका साथ अगाडि बढेको छ । एन्फाले साफकै लागि प्रशिक्षण सुरु गरेको छ । 

यता, एन्फाले आफूहरू तत्कालै साफ च्याम्पियनसिप गर्न केही कठिनाई नहुने जनाएको छ । नेपालले सन् १९९७ र २०१३ मा प्रतियोगिता आयोजना गरेको थियो । साफ च्याम्पिनयसिपमा नेपालको उत्कृष्ट प्रदर्शन नै सेमिफाइनलसम्म पुग्नु हो । तेस्रोपटकको आयोजना अवसर पाउँदा नेपालले उपाधि दाबेदारका रूपमा आफूलाई प्रस्तुत गर्नेछ ।

तर, यसअघि भारतसँगको मैत्रीपूर्ण खेलले धेरै अर्थ राख्छ । अहिलेसम्म नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच १९ पटक भिडन्त भएका छन् । भारतले नेपालमाथि दबदबा नै राखेको छ । नेपाललाई १३ खेलमा हराएको छ । 

नेपालले केवल दुई खेलमा मात्र भारतलाई परास्त गरेको छ । नेपाल र भारतबीच चार खेल बराबरीमा सकिएको छ । नेपाली सिनियर टोलीले भारतलाई अन्तिमपटक हराएको नै सन् २०१३ को साफ च्याम्पिनयसिप नै थियो । आठ वर्षअघि काठमाडौंमै भएको साफ च्याम्पियनसिपमा नेपालले भारतमाथि २–१ को सनसनी जित निकालेको थियो । सन् १९९३ मा बंगलादेशमा भएको खेलमा नेपालले भारतलाई हराएको थियो ।

पछिल्लो पाँच खेलमा भारतलाई नेपालले एक खेल मात्र रोकेको छ । नेपालले सन् २०१५ यता भारतसँग चार खेल गुमाएको छ । नेपाल र भारतबीच पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९८५ को २० डिसेम्बरमा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भएको थियो । जसमा नेपाल र भारतले गोलरहित बराबरी नतिजा निकाले ।