१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटन मुद्दाको फैसलापछि पहिलोपटक बस्यो संवैधानिक इजलास  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o७:oo

प्रतिनिधिसभा विघटनको दोस्रो मुद्दा फैसलापछि पहिलोपटक संवैधानिक इजलास बसेको छ। सर्वोच्च अदालतका अनुसार कोरोनाका कारण अदालतले स्थगित गरेका सेवाप्रवाह सुचारु भएसँगै पहिलोपटक शुक्रबार संवैधानिक इजलास बसेको हो।  

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार कोरोनाका कारण यसअघि सुनुवाइ हुन नसकेको मुद्दाको सुनुवाइ सुरु भएको हो। ‘कोराेनाका कारण स्थगित सेवाप्रवाह साउन १५ बाट पूर्ण रूपमा सुचारु भएको छ,’ प्रवक्ता दाहालले भने, ‘क्रमशः पुराना मुद्दामाथि सुनुवाइ हुँदै जान्छ।’ 

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले इजलासमा न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई समावेश गरेका छन्। सर्वोच्चले वरिष्ठताकै आधारमा इजलास गठन गरेको जनाएको छ। 

वरिष्ठताको रोलक्रममा रहेको न्यायाधीश दीपककुमार कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ भने  इजलासमा रहेका छैनन्। सर्वोच्चले न्यायाधीश कार्कीको हेर्दाहेर्दैमा तोकिएको मुद्दा भएकाले र न्यायाधीश श्रेष्ठ अस्वस्थताका कारण इजलासमा नरहेको जनाएको छ। 

संसद् विघटन मुद्दामा इजलास गठनको विषयलाई लिएर विवाद भएपछि प्रधानन्यायाधीश  जबराले सर्वोच्च अदालत बार एसाेसिएसनसँग  इजलास गठन गर्दा वरिष्ठतालाई आधार मानेर इजलास गठन गर्ने सहमति बनेको थियो। आजका लागि इजलासमा ६ रिटको सुनुवाइ तोकिएको छ।