१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

किसानलाई रकम तिर्न बाँकी नरहेको श्रीराम सुगर मिल्सको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२८:oo

श्रीराम सुगर मिल्सले किसानबाट खरिद गरेको उखुको रकम भुक्तानी गर्न बाँकी नरहेको जनाएको छ । मिल्सले प्रेस विज्ञप्ति जारी गरेर पटक–पटक सूचनासमेत निकाली कृषकलाई भुक्तानी दिएको जनाएको हो । 

यस उद्योगले उखु किसानहरूबाट खरिद गरेको उखुको रकम भुक्तानी गर्न ३ करोड रुपैयाँ बाँकी भनेर समाचार आएकाले विज्ञप्ति निकाल्नुपरेको कम्पनीको भनाइ छ । उद्योगले उखु किसानहरूबाट खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी रकम ०७७ पुस ३ गतेदेखि सुचारु गरी भुक्तानी गरिसकेको दाबी गरेको छ ।

स्थानीयस्तरमा नै विभिन्न पत्रपत्रिकाहरूमा सूचनासमेत प्रकाशित गरी बाँकी रहेको रकम बुझिलिनका लागि जानकारी गराएको र सोहीबमोजिम उखु किसानहरूले बाँकी रहेको रकम बुझिलिएको विज्ञप्तिमा उल्लेख छ ।  

कोही किसानको भुक्तानी लिन छुट भएमा सक्कल प्रमाणसहित भुक्तानीका लागि कारखानामा उपस्थिति हुन स्थानीयस्तरको पत्रपत्रिकामा र कारखानाकोे सूचना पाटीमा समेत सूचना प्रकाशित गरेको कम्पनीको भनाइ छ ।

भुक्तानीका लागि उद्योगको बैंक खातामा पर्याप्त मात्रामा नगद मौज्दात रहेकाले भुक्तानीमा कुनै समस्या नरहेको कम्पनीले दाबी गरेको छ । भुक्तानी लिन बाँकी किसानले तीन महिनाभित्रमा कारखानामा उपस्थित भई रकम बुझ्न आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । 

ad
ad