मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १७ आइतबार २२:३१:००
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

एनआरएनए न्युजिल्यान्डको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १७ आइतबार २२:३१:००

उद्धव अधिकारीको नेतृत्वमा एनआरएनए न्युजिल्यान्डको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्षमा निङवर घिसिङ (साउथ आइसल्यान्ड) र  भक्त सिवाहाङ (नर्थ आइसल्यान्ड), महासचिवमा विकास पोखरेल, सचिवमा दामोदर न्यौपाने, कोषाध्यक्ष लक्ष्मण भट्टराई र सहकोषाध्यक्षमा नरहरि बसेल निर्वाचित भएका छन् । 

सदस्यहरूमा विमला पोखरेल, विशाल गौतम, विष्णुविक्रम शाही, कवि गिरी, ममता खनाल, रेशमराज गिरी, रोशनी ज्ञवाली, टीकाराम राई, उर्गेन लामा चयन भएका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा बालकुमार गोले चयन भएका छन् । 

नवनिर्वाचित पदाधिकारीलाई एनआरएनए न्युजिल्यान्डका पूर्वअध्यक्ष डा. भोला प्रधानले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । एनआरएनए न्युजिल्यान्डका निर्वाचन समिति संयोजक राज महर्जनले निर्विरोध निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए ।